७ मंसिर २०८१, शुक्रबार

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते


दुर्घटना

महेन्द्रनगर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर-२ बाणीमा आज दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार म १ प ७८२३ र सुप प्र ०१–००८ प २८९ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिरबहादुर विष्ट र यहाँको शुक्लाफाँटा नगरपालिका-१ बन्साहका ४० वर्षीय उत्तमसिंह धानुक र २१ वर्षीय सुनिता विष्ट घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि कैलालीको अत्तरीयास्थित पद्मा अस्पतालमा पुर्याइएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव निरीक्षक भरत धामीले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !