६ जेष्ठ २०८१, आइतबार

धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का


भूकम्प C

काठमाडौं, जेठ १७ । काठमाडौंमा शनिबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रिक्टर स्केलको भूकम्प गएको बताएका छन् ।

उनका अनुसार धादिङ जिल्लाको सुनौला बजार केन्द्र विन्दु बनाएर शनिबार साँझ ९ :३६ बजे भूकम्प गएको छ । उनले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताएका छन् ।

भूकम्पको हल्का धक्का महसुस भएपछी काठमाण्डौमा मानिसहरु घर बाहिर निस्केका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !