७ मंसिर २०८१, शुक्रबार

३ जना घाइतेलाई हेलिकप्टरबाट सुर्खेत


हेलिकप्टर

सिमकोट, ११ जेठ । नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरी यही जेठ ९ गते घाइते बनाएको भनिएका तीन जनालाई आज थप उपचारका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत लगिएको छ । कांग्रेस सम्बद्ध कार्यकर्ताले नेकपा अदानचुली गाउँ कमिटी सचिवालय सदस्य मोहन फडेरासहित गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरेन्द्र फडेरा र कृषि जेटिए कमल नेपालीलाई कुटपिट गर्दा गम्भीर घाइते भएपछि तीनै जनालाई गाउँपालिकाले थप उपचारका लागि हेलीकप्टरमार्फत सुर्खेत पु¥याइएको गाउँपालिका अध्यक्ष दल फडेराले बताउनुभयो ।

उहाँले कुटपिटमा संलग्न दोषीलाई कारवाही गर्न माग पनि गर्नुभयो । आजै हेलीकप्टरमार्फत आइपुग्नुभएका अध्यक्ष फडेराले गाउँपालिकाको काममा खटिएका कर्मचारीलाई काम गर्न नदिई विभिन्न खाले बखेडा झिकी पटक पटक यस्ता कार्य भइरहेको आरोप लगाउनुभयो । घाइतेको सुर्खेतस्थित देउती अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेस दुवैले केही दिन अगाडि भएको घटनालाई लिएर छुट्टाछुट्टै विज्ञप्ति निकालेका छन् । नेकपा अदानचुली गाउँ कमिटीले पार्टी राहत तथा उद्धारमा जुटिरहेका बेला कांग्रेस अदानचुली पाटी समर्थकबाट कुटपिट भएको भनी भत्र्सना गर्दै घटनामा संलग्न दोषीमाथि कारवाहीको माग गरेको छ ।

नेकपा का जिल्ला कमिटी अध्यक्ष लालकेश जैसीले घाइतेको उपचारको मागका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ । कांग्रेसले पार्टी सम्बद्ध कार्यकर्तालाई गाली बेइज्जतीसहित हातपात गरी धम्की दिइएको जनाउँदै जेठ ९ गते सामान्य मात्र झडप भएको जिकिर गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !