१५ जेष्ठ २०८१, मंगलबार

स्काभेटरमा आगजनी


आगलागी

फिदिम, ५ असार । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लिम्बामा रोकेर राखिएको स्काभेटरमा आज बिहान आगजनी भएको छ ।

लिम्बास्थित लेकगाउँमा राँके–रवि–भेडेटार सडक निर्माणका लागि प्रयोग भइरहेको ज्वाला निर्माण सेवा प्रालिको बा३क ५६६ नम्बरको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार बाटोमा रोकेर राखिएको उक्त स्काभेटरमा बिहान करीब २ बजे आगजनी भएको हो । घटना कसले, किन गरायो भन्ने अहिलेसम्म यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।

स्थानीयवासीले खबर गरेपछि सो घटनाका सम्बन्धमा बिहानैदेखि प्रहरीले अनुसन्धान थालेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । आगजनीका कारण स्काभेटरका पाटपुर्जा जलेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु