३ आश्विन २०८१, बिहीबार

दुर्घटनामा पोखरेली सङ्गीतकर्मी थुलुङको निधन


मृत्यु

२८ चैत, कास्की । दुई दशकदेखि पोखरालाई कर्मक्षेत्र बनाउँदै आएका सङ्गीतकर्मी श्रीमान् थुलुङ राईको दुर्घटनामा परी निधन भएको भएको छ ।

बुधवार राति करीब साढे ९ बजे पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवीमा श्रीमतीसहित उहाँ सवार ग१२प ६७९ नंको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि थुलुङ सेती नहरमा खसेको र साढे १० बजे पोखरा–१३ स्थित दुईकुलाको मुहानबाट वडा प्रहरी कार्यालय रामबजारको टोलीले उद्धार गरेको थियो ।

प्रहरीले उहाँलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । स्कुटरमा सँगै रहनुभएकी उहाँकी श्रीमती भने सकुशल हुनुहुन्छ ।

५० वर्षीय थुलुङको निधनपछि पोखरेली सङ्गीतकर्मी शोकमा छन् । थुलुङले तराना म्युजिक सेन्टर नामक सङ्गीत प्रशिक्षण केन्द्र सञ्चालन गर्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !