१५ आश्विन २०८१, मंगलबार

दुर्घटनामा एकको मृत्यु


मृत्यु

२२ चैत, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् ।

गए राति ना८ख १८४५ नंको ट्रकले लु४१प १७२७ नंको स्कुटरलाई ठक्कर दिँदा देवचुली नगरपालिका सिर्जनाचोक बस्ने २२ वर्षीय टीकाराम महतोको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका महतोको दुम्कौलीमा उपचार हुन नसकेपछि भरतपुर पठाइएकामा आज बिहान २ बजे मृत्यु भएको हो ।

दुर्घटनामा परी स्कुटरमा सवार सोही स्थान बस्ने २१ वर्षीय भरत गुरौ घाइते हुनुभएको छ । उहाँको अवस्था चिन्ताजनक रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्ष अर्जुन रानाभाटले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !