६ जेष्ठ २०८१, आइतबार

ट्रकमा आगजनी, विप्लव समूहमाथि शंका


Fire Truck

३० फागुन, मकवानपुर । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजे अज्ञात समुहले मकवानपुरको थाहा नगरपालिका ४ नयागाउँमा ट्रक जलाएको छ ।

पालुङ र दामनको जंगलबीच नयाँगाउँमा ट्रकलाई रोकी ४–५ जनाको समूहले पेट्रोल खन्याएर आगजनी गरेको मकवानपुर प्रहरीले जनाएको छ । आगजनीबाट ट्रकको टेलरमा क्षति भएको छ ।

ट्रकमा लागेको आगो थाहा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । ट्रकको अगाडिको भाग पूरै जलेको छ । ट्रकमा चालक, सहचालकसहित तीन जना सवार थिए । उक्त घट्ना विप्लव नेतृत्वले आगजनी गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !