१५ आश्विन २०८१, मंगलबार

प्याराग्लाइडिङ दुर्घटनामा रसियन नागरिकको मृत्यु


निधन

२१ फागुन, पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक रसियन नागरिकको मृत्यु भएको छ । पोखराको सराङकोटबाट उड्ने क्रममा दुर्घटनामा परेका उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैदाम प्रहरी कार्यालयका प्रमुख कोमल शाहले जानकारी दिनुभयो ।

सोमबार पनि माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एक विदेशी प्याराग्लाइडिङ पाइलट करेन्ट लाग्दा भूइँमा झरेका थिए भने अर्का रसियन पाइलट मादी गाउँपालिका–७ छाचोकमा रुखमा अड्किएका थिए । आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !