१५ आश्विन २०८१, मंगलबार

अध्यक्ष पुलामीद्वारा दार्चुला दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धान्जली


rudra

१८ फागुन, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी, नेपालका सस्थापक अध्यक्ष एवम संयोजक रुद्र जङ पुलामीले शुक्रबार राती दार्चुलामा जीप दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रती भावपूर्ण श्रद्धान्जली तथा मृतका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

आज एक वक्तव्य जारी गर्दै उहाँले दुर्घटनामा परी निधन हुनुभएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

उक्त जीप दुर्घटनामा परी सात पुरुष, तीन महिला र वालिका गरी ११ जनाको ज्यान गएको हो भने सोही जीवको चालक गम्भिर घाउते भएका छन ।

संयोजक पुलामीले उक्त घटनामा घाइते चालकको शिघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । साथै, मृतकका परिवारलाई उचित क्षतिपूर्ती र घाइतेको उपचारका लागी माग गर्नुभएको छ ।

राजनितिक छत्रछायाबाट मुक्त हुन नसकेको निर्माण क्षेत्र र त्यस क्षेत्रसग सम्वन्धित ठेकेदारको चरम लापर्वाही, गुणस्तरहिन भौतिक सरचनाका कारण सर्वसाधरणले अकालमा ज्याउ गुमाउनु अत्यन्तै दुखद कुरा भएको वक्तव्यमा उल्लेख गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !