११ मंसिर २०८१, मंगलबार

१०४ क्युफिट काठ बरामद


Nepalpatra

२ फागुन, चितवन । डिभिजन वन कार्यालय चितवनले आज १०४ क्युफिट सालको काठ अवैधरुपमा चोरी निकासी गर्न लागेको अवस्थामा चालकसहित दुई वटा बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं ७ दाहाखानीस्थित रानीखोला वन क्षेत्रबाट ना४च ७९४३ र ना४च ९३१० नंको बोलेरो र बोलेरोका चालकलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका चालकमा रत्ननगर नगरपालिका वडा नं १३ का गणेश क्षेत्री र खैरहनी नगरपालिका वडा नं १ का विनोद बुर्लाकोटी रहेको कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उनीहरुलाई बिहान ४ बजे वनका सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको हो । ना४च ७९४३ नंको बोलेरोमा ४९ क्युफिट र ना४च ९३१० नंको बोलेरोमा ५५ क्युफिट अवैध काठ रहेको कार्यालयले जनाएको छ । उनीहरुलाई डिभिजन वन कार्यालयको हिरासतमा राखिएको छ ।
काठसहित पक्राउ परेका उनीहरुलाई वन ऐन २०४९ को दफा ५० अनुसार कारवाही गरिने पौडेलले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !