१५ आश्विन २०८१, मंगलबार

करेन्ट लागेर बालकको मृत्यु


करेन्ट

२७ माघ, दमौली । तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा ठोक्किँदा विद्युत् चुहिएर विष्टलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका विष्टलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालकको शव दमौली अस्पतालमा राखिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !