१२ माघ, अछाम । अछाममा चट्याङ लागेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
चट्याङबाट घाइते भएकी पञ्चदेवल विनायक नगरपालिका–७ का २२ वर्षीया धना रावलको शुक्रबार दिउँसो गाउँमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार यही माघ ९ गते चट््याङबाट उनको टाउको र दायाँ हातमा चोट लागेको थियो । चोट लागेर सामान्य अवस्थामा देखिएको उनको एक्कासी मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट््याङका कारण धनासहित सो गाउँका १७ घाइते भएका थिए भने अघिल्लो दिन बान्नीगढी जयगढ गाउँपालिका–५ कालिका सुगालीमा पनि १४ वर्षीया किशोरी चट््याङ लागेर घाइते भएकी थिइन् ।(रासस)