१६ आश्विन २०८१, बुधबार

दुर्घटनामा एकको मृत्यु


निधन

९ माघ, भक्तपुर । काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ख ९३९० नं को बसले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । सूर्यबिनायक नगरपालिका–५ कटुञ्जे सिर्जनानगरमा बसबाट ओर्लेने क्रममा सोही बसको ठक्करबाट ओखलढुङ्गा ज्यामिरे–२ घर भई हाल भक्तपुर कटुञ्जे प्रगति चोक बस्ने ४० वर्षीय प्रतिमा वाग्ले बानियाँको मृत्यु भएको हो ।

ठक्करबाट घाइते बानियाँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । बस र बस चालक दोलखा भीमेश्वर नगरपालिका–६ घर भई हाल भक्तपुर ठिमी बस्ने २७ वर्षीय नवराज नेपाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको उहाँले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !