१६ आश्विन २०८१, बुधबार

करेन्ट लागेर मृत्यु


निधन

२६ पुस, चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका–२ बदासेको सेरा निवासी २६ वर्षीया टीकालाल श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आज बिहान बाटो हिँडिरहेको अवस्थामा प्रशारण लाइनको तार चुडेर जमीनमा लत्रिरहेको अवस्थामा नदेखेर कुल्चँदा उनलाई करेन्ट लागेको थियो । घाइते अवस्थामा काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको लापवाहीका कारण जिल्लामा करेन्ट लागेर विगतदेखि हालसम्म धेरैले ज्यान गुमाइसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !