१६ आश्विन २०८१, बुधबार

दुर्घटनामा दुई जनाको मृत्यु


दुर्घटना

२४ पुस, चितवन । भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र मोटरसाइकल चालक दुवैको मृत्यु भएको हो । मृत्यु हुनेमा पैदलयात्री भरतपुर महानगरपालिका– १० का ४२ वर्षीय रमेशविक्रम थापा तथा मोटरसाइकल चालक पर्वत घर भई हाल भरतपुर महानगरपालिका–७ बस्ने २८ वर्षीय युवराज थापा रहेका छन् । युवराजको भरतपुर अस्पतालमा तथा रमेशविक्रमको चितवन मेडिकल कलेजमा उपचार गर्दै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !