५ जेष्ठ २०८१, शनिबार

नेपाल आइडल–२ का विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु


death

११ पुस, कैलाली । नेपाल आइडल–२ विजेता रवि ओडकी आमाको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ ।

बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णा ओडको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई बिहान पौने ९ः०० बजे अस्पताल पु¥याइएलगत्तै चिकित्सकले मृत घोषित गरेको सेती अञ्चल अस्पताल प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिनुभयो ।

रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको छ भने उनी कान्छी आमा विष्णा ओडसँग हुर्केका थिए । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !