१६ आश्विन २०८१, बुधबार

दुर्घटनामा एकको मृत्यु


निधन

१० पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ गौरीघाटमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । आज बिहान बा ८५ प ३६३४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर काठमाडौँ फुटुङ बस्ने २८ वर्षीय सुरेश रामपालको मृत्यु भएको प्रहरी प्रधानकार्यालय काठमाडौँले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको दीर्घायु अस्पताल मित्रपार्कमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी हुँ भन्दै आतङ्क फैलाउने पक्राउ

यता काठमाडौँ महानगरपालिका–६ बौद्धमा नक्कली पेस्तोल देखाई आतङ्क फैलाएको अभियोगमा स्थानीय सिद्धान्त सुनुवारलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित डोमा शेर्पाको खाजा पसलमा प्लास्टिकको कालो रङको नक्कली पेस्तोल देखाई प्रहरी हुँ भनी पसल सञ्चालक र पसलका ग्राहकलाई धम्काइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । उनीसँग नक्कली पेस्तोल र मोबाइल बरामद गरिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !