१६ आश्विन २०८१, बुधबार

हात्तीको आक्रमणमा परी एकको मृत्यु


मृत्यु

७ पुस, पर्सा । पर्साको ठोरी गाउँपालिकामा आज बिहान हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ ।

ठोरी गाउँपालिका–२ मा पर्ने फार लेन नजिकै हात्तीले आक्रमण गर्दा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय व्यक्तिको मृत्यु भएको हो । ठोरी गाउँपालिकामा मागी हिँड्ने मानसिक सन्तुलन ठीक नभएका व्यक्तिको राष्ट्रिय वनजन्तु आरक्षभित्र हात्ती आक्रमणमा परी मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । उहाँले आउने जाने बाटोमा हात्तीले प्रयोग गर्ने फार लेनमै बसेको अवस्थामा व्यक्तिमाथि आक्रमण गरेको बताउनुभयो ।

मृतकले लगाएको लुगाले भारतीय भएको अनुमान गरिए पनि उनको परिचय हालसम्म खुल्न नसकेकोे उपरीक्षक ढकालले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि वीरगञ्ज ल्याउने तयारी भएको प्रहरीले बताएका छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !