५ जेष्ठ २०८१, शनिबार

जबर्जस्ती करणीको अभियोगमा पाँच पक्राउ


पक्राउ

५ पुस, काठमाडौँ । किशोरी करणी गरेको आरोपमा प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ ।

यसरी अनुसन्धानका लागि पक्राउ परेकामा कैलाली अत्तरिया नगरपालिका ६ का ३३ वर्षीय डब्बलबहादुर बोहोरालगायत पाँच जना रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

धादिङ घर भई हाल चन्द्रागिरि नगरपालिका बस्ने १५ वर्षीया किशोरीलाई बुधबार बेलुका जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । चन्द्रगिरि नगरपालिकाको हालक्ष्मीस्थान नजिक ती किशोरीलाई अपरिचित व्यक्तिको समूहले त्रास देखाई जबर्जस्ती करणी गरेको भन्ने स्थानीयले दिएको सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !