१६ आश्विन २०८१, बुधबार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु


durghatana

१४ मङ्सिर, दुल्लु । दैलेखको महाबुु गाउँपालिका–४ मा गए राति भएको ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दैलेख सदरमुकामबाट सिमेन्ट लिएर महाबु गाउँपालिका जाँदै गरेको भे१त ६४२० नंको ट्याक्टर दुर्घटनामा महाबु गाउँपालिका–४ का ४९ वर्षीय गगनप्रसाद पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबहादुुर क्षेत्रीले जानकारी दिनुभयो ।

सो दुर्घटनामा घाइते हुनुभएका नारायण नगरपालिका–३ का ट्याक्टर चालक झलकबहादुर हमालको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !