१६ आश्विन २०८१, बुधबार

बसको ठक्करबाट एकको मृत्युु


durghatana

५ मङ्सिर, घोडाघोडी । कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियामा बसले ठक्कर दिँदा आज एकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ६ ख ६३५५ नम्बरको बसले आज बिहान ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । पैदलयात्री कैलालीको भजनीनगरपालिका–६ महादेवलीका आशाराम चौधरी रहेको इलाका प्रहरी कार्यालय बौनिया प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले जानकारी दिनुभयो । बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्किले नियन्त्रणमा लिएको शाहीले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !