५ जेष्ठ २०८१, शनिबार

६१ हजार बराबरको पटाका बरामद


Nepalpatra

१६ असोज, लहान । प्रहरीको गस्ती टोलीले गए राति सिरहाको माडर तथा औरहीबाट रु ६१ हजार बराबरको पटाका बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय औरहीको टोलीले करीब रु ६० हजार पटाका बरामद गरेको छ । बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पु¥याएर नष्ट गरिने प्रहरीले जनाएको छ । दशैँ, तिहार तथा छठपर्व नजिकिँदै गर्दा भारतीय बजारबाट पटाकालगायतका सामान चोरी तस्करी गर्ने क्रम बढेको छ ।

यात्रु सहायता कक्ष सञ्चालन

दशैँ, तिहार तथा छठपर्वलाई मध्यनजगर गरी पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ मा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लहान, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सगरमाथा बस व्यवसायी सङ्घले लहान–१ मारुती होटल नजिक यात्रु सहायता कक्ष सञ्चालन गरेको हो । चाडपर्वको समयमा यात्रुलाई ठगीमा पर्न नदिन र सहजरूपमा यातायात व्यवस्था मिलाउन यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी नायब उपरिक्षक खरेलले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !