![पक्राउ](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/08/arrested.jpg?fit=800%2C445&ssl=1)
१६ असोज, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले रु एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले सोमबार काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय श्यामकुमार शाह र सिन्धुपाल्चोकका २० वर्षीय प्रेम श्रेष्ठलाई पक्राउ गरेको हो ।
पक्राउ परेकासहित अरु चार जनाले आइतबार कलङ्कीका ३८ वर्षीय उमेशप्रसाद केशरीको कोठामा प्रहरी हौँ भन्दै खानतलासी गर्ने निहुँले रकम चोरी गरेर फरार भएका थिए । अन्य चार जनाको भने खोजी भइरहेको परिसरले जनाएको छ ।(रासस)