६ जेष्ठ २०८१, आइतबार

इन्डोनेसियाको तटमा भेटियो १५ मिटर लामो अनौठो जीव


Sea_creature

इन्डोनेसियाको तटमा अनौठो समुद्री जीवको शव देखा परेको छ । करिब १५ मिटर लामो जीवको शव मालुकु प्रान्तको सेरम टापुको तटमा स्थानीयहरुले फेला पारेको जकार्ता ग्लोबले बताएको छ । पहिलो पटक यसलाई देखेका ३७ वर्षीय अश्रुल टुनाकोटाले शुरुमा डुङ्गा भएको सोचेका थिए ।

त्यसयता यो अनौठो जीवलाई हेर्न सयौँ मानिस तटमा पुगेका छन् । धेरैले यो ह्वेल वा स्कुइडको गलेको शव हुन सक्ने अनुमान गरेका छन् । यसअघि पनि फिलिपिन्समा यस्तै अनौठो जीव भेटिएको थियो । तर पछि अध्ययन गर्दा त्यो ह्वेलको कुहिएको शव रहेको पत्ता लागेको थियो । कुहिएपछि शवले अनौठो आकार लिएको वैज्ञानिकहरुले बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !