२१ भदौ, कैलाली । कैलालीको लम्कीमा ठेलामा लागुऔषधको कारोवार गर्ने महिला ब्राउन सुगर र चरेससहित पक्राउ परेकी छिन् ।
इलाका प्रहरी कार्यालय लम्कीले आज लम्की चुहा नगरपालिका–१ लम्कीमा ठेला व्यवसाय गर्दै आएका ६८ वर्षीया जनादेवी शाहीको ठेलाबाट १९ पोका ब्राउन सुगर र ३०० ग्राम चरेससहित पक्राउ गरेको हो । शाहीले ठेलाको डब्बामा राखी कारोवार गर्ने गरेको प्रहरीले बताएको छ । लागुऔषधसहित पक्राउ परेकी शाहीलाई लागुपदार्थ ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिनुभयो ।(रासस)