१३ जेष्ठ २०८१, आइतबार

बेपत्ता भएकी देवीको शव बरामत


crime

१० भदौ, काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका १० बाट दुई हप्तादेखि अपहरित ५५ वर्षिय कारी देवी यादवको लाश बरामद गरिएको छ ।

उनको शव नरहा गाउँपालिका–१ देवीपुरका रामदेव यादवको बाँसघारीमा गाडेको अवस्थामा फेला पारेका हुन् । कारीदेवी १६ दिनदेखि बेपत्ता भएकी प्रहरीले जनाएको छ । गत साउन २५ गते बेलुका आठ बजे भतिजो (दिदीको छोरा) विरामी छ, छिटो हिडभन्दै अपरिचित व्यक्तिले मोटरसाइकलमा चढाएर लगेको थियो ।

कारीदेवी घरबाट नै बेपत्ता भएपछि खोजी गर्दै देवीपुर पुगेको गाउँलेको समूहले देवीपुरका रामदेवको खेतबारी र बाँसघारीमा खोज्ने क्रममा शनिबार बिहान शव गाडिएको अवस्थामा भेटेका हुन् ।

खोजी गर्ने क्रममा आलो माटो देखेपछि खनेर हेर्दा महिलाको शव भेटिएको स्थानीय रामकेवल मण्डलले बताए। उनले भने, ‘कपडाको आधारमा शव कारीदेवीकै हो भन्ने ठम्याइ छ।’ लाश पुर्बपश्चिम राजमार्गमा राखेर प्रदर्शन गर्ने तयारी गरीएको छ । यहिले त्यहाको माहोल यस्तो रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु