११ मंसिर २०८१, मंगलबार

टिपर दुर्घटनामा चालक बेपत्ता


durghatana

३० साउन, चौतारा । सिन्धुपाल्चोकको बलेखी खोला ए जलविद्युत् आयोजनाको टिपर आज बिहान ११ बजे नदीमा खसेर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् ।

आयोजनाका अध्यक्ष उमेश कसजुका अनुसार वा ४ ख ९५८० नंका चालक जुगल गाउँपालिका–३ गुम्बा निवासी ३५ वर्षीय साङ लामा बेपत्ता भएका हुन् । सुरुङको माटो खोलामा फाल्ने क्रममा सोही गापा–२ गोल्चे भन्ने स्थानमा चिप्लिएर टिपर दुर्घटनामा परेको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !