४ जेष्ठ २०८१, शुक्रबार

दुई ट्रकमा आगलागी


आगलागी

२९ साउन, नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोटमा रोकिराखिएकोे दुई ट्रकमा आज आगलागी भएको छ ।

भृकुटीचोकमा रोकिराखिएको ना २ ख ८४८७ र ना २ ख २५४८ नं का ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।

आगो किन र कसले लगाएको हो भन्नेबारे केही खुलेको छैन । आगलागीबाट ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । कपिलवस्तुको चन्द्रौटाबाट पराल बोकेर हेटौँडातर्फ जाने
क्रममा गैँडाकोटमा रोकिराखिएको अवस्थामा ती ट्रकमा आगो लागेको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !