१४ साउन, राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा आज बिहान आगलागी हुँदा करीब रु १०लाखको क्षति भएको छ ।
स्थानीय निर्चीदेवी रामको घरमा खाना पकाउने क्रममा आगलागी हँुदा निजको एउटा घर र एउटा भान्छा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै शैनी रामको एउटा घर र छिमेकी पुरण रामको घर जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, अन्नपात, भाँडावर्तन र नगद जिन्सीसहित विभिन्न सरसामान जलेर नष्ट हुँदा करीब रु १० लाख मूल्य बराबरको क्षति भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।
आगोलाई स्थानीयवासी, प्रहरी र राजविराज तथा लहानबाट गएका बारुणयन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।(रासस)