३ असार २०८१, आइतबार

लागुऔषधसहित एक व्यवसायी पक्राउ


पक्राउ

३ जेठ, लहान । प्रहरीले सिरहाको लहानवाट गएराति लागुऔषधसहित एक व्यवसायीलाई पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित विराटनगर बसपार्क नजिक होटल सञ्चालन गर्दै आएका लहान नगरपालिका–३ निवासी ३५ वर्षीय ज्ञानकुमार कामैतलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै पसलवाट लागुऔषध बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानवाट खटिएको टोलीले कामैतको होटलमा २९२ थान लागुऔषध फेला परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो ।

कामैतको होटलवाट ९८ थान फेनारगन, ३१ थान डाइजेल्याब, नरफिन १९ थान, लुपिजेसिन ८६ थान, नाइट्रोजेपाम ट्याब्लेट ५८ थान, विभिन्न कम्पनीको मोबाइल नौ थान, नक्कली पेस्तोल एक थान, तरबार एक थान र चार हजार ९०० भारु रुपैयाँ बरामद भएको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो ।

दुई हजार लिटर घरेलु मदिरा नष्ट

प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ वाट गएराति दुई हजार लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदी र सशस्त्र प्रहरी बल बेस क्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक जनक बस्नेतको संयुक्त गस्ती टोलीले गोलबजार नगरपालिका–६ मा अवैध रुपमा सञ्चालित घरेलु मदिरा भट्टीमा छापामारी करीब रु २० लाख मूल्यबराबरको दुई हजार लिटर घरेलु मदिरा नष्ट गरेको हो ।

अवैध रुपमा घरेलु मदिरा भट्टी सञ्चालन भइरहेको सूचनाका आधारमा भट्टीमा छापामारी मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !