५ जेष्ठ २०८१, शनिबार

आगलागीवाट एकको मृत्यु, लाखौंको क्षति


आगलागी

१२ वैशाख, गुल्मी । गएराती धुर्कोट गाउँपालिकाको एक गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने पशुसहित लाखौंको क्षति भएको छ ।

धुर्कोट गाउँपालिका वडा नम्वर–३ हाडहाडेस्थित सोमरभोमरका ६० वर्षिय कृष्णबहादुर पुनको गोठमा आगो लाग्दा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।

प्रवक्ता चौधरीका अनुसार गोठमा सुतेका पुनको गोठमा बालेको आगो सल्किँदै जाँदा राती नै जलेर मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !