१३ बैशाख २०८१, बिहिबार

बझाङमा पहिरो जाँदा ७ जना वेपत्ता, १७ घर पुरिए


बझाङमा पहिरो जाँदा ७ जना वेपत्ता, १७ घर पुरिए फाइल फोटो

बझाङ, असार २० । बझाङमा पहिरो जाँदा ७ जना वेपत्ता भएका छन् भने १७ घर पुरिएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरा जाँदा उनीहरु वेपत्ता भएका हुन् ।

वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गयराती वडा नम्वर ८ को मल्लेसका १७ घर बगाएको स्थानीयले बताएका छन् । उनका अनुसार पहिरामा परि ७ जना वेपत्ता भएका छन् ।

बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थलमा प्रहरी टोली पठाईईएको जानकारी दिएका छन् । खोला किनार भएर उक्त गाउँमा जानुपर्ने र खोलामा पानीको बहाव बढेका कारण घटनास्थलमा पुग्न समस्या भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु