८ जेष्ठ २०८१, मंगलबार

सुदूरपश्चिममा ३७ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

२६ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा आज सोमबार थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १४७ पुगेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ । धनगढीको पशुरोग अन्वेषण प्रयागशालामा परीक्षण गरिएको परीक्षणमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार आज थप कोरोना संक्रमण पुष्टि हुनेहरुमा कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिकाका १ जना, भीमदत्त नगरपालिकाका ५ जना र पुनर्वास नगरपालिकाका १३ गरी १९ जना रहेका छन । साथै दार्चुलामा शैल्यशिखर नगरपालिकाका ८ जना, लेकम गाउँपालिकाका १ जना र महाकाली नगरपालिकामा १ गरी १० जना रहेका छन् ।

यस्तै डडेल्धुराको अमरगढी नगरपालिकाका २ जना, परशुराम नगरपालिकाका ३ जना र नवदुर्गा गाउँपालिकाका १ जना गरी ७ जना रहेका छन् । कैलालीको जानकी गाउँपालिकाका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

सुदूरपश्चिममा एकै दिन ३७ जनामा कोरोना पुष्टि भएको पहिलो पटक हो । हालसम्म सुदूरपश्चिम प्रदेशमा २ जना संक्रमितको मृत्यु भएको छ भने १८ जना निको भएर घर फर्किएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !