९ जेष्ठ २०८१, बुधबार

चितवनमा २ डाक्टरसहित २० जनामा कोरोना संक्रमण पुष्टि


डाक्टरसहित २० जनामा कोरोना संक्रमण

भरतपुर, जेठ २६ । चितवन जिल्लामा २ जना डाक्टरसहित २० जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण भएको पुष्टि भएको छ। भरतपुर अस्पताल स्रोतका अनुसार सोमबार बिहान आएको रिपोर्ट अनुसार २० जनामध्ये २ जना चिकित्सक रहेको पुष्टि भएको हो ।

‘आधिकारिक जानकारी बाहिर नआएपनि २ चिकित्सकसहित २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो,’ स्रोतले भन्यो, ‘१ जना नर्सको पनि रिपोर्ट शंकास्पद देखिएको छ। तर पुष्टि हुन बाँकी छ।’ चितवनमा एकैदिन यति धेरै संक्रमण पुष्टि भएकाे याे पहिलाे घटना हाे ।

संक्रमित हुनेहरुमा १७ जना चितवन र ३ जना नवलपरासीका रहेका छन् । कोरोना संक्रमितमध्ये २ जना चिकित्सकहरु भरतपुरको एउटा निजी अस्पतालमा कार्यरत चिकित्सक भएको जनाइएको छ ।

आज संक्रमितमध्ये अधिकांश माडी नगरपालिका र भरतपुर महानगरपालिकाका छन् । हिजो आइतवार करीव ३०० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा केहि स्वाबको परीक्षणको नतिजा आउन भने बाँकी रहेको छ ।

यस अस्पतालले फेसबुक पेजवाट कोभिड-१९ का विरामी, RT र PCR परिक्षणका पछिल्ला अपडेट सहित दिउसो ३.०० वजे प्रत्यक्ष प्रशारण गर्ने बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !