२४ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३६५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार जनकपुर प्रादेशिक अस्पतालबाट १५ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ४ जना, सेती अस्पतालबाट ६ जना र सुर्खेतबाट ७ जना गरी ३२ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएर घर फर्किएका हुन् ।
नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३२३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ । नेपालमा ७० जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३६५ पुगेको छ ।
नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पाका १ जना र धनगढीकी १ जना गरी १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।
यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो
नेपालमा संक्रमितको संख्या ३२३५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३२३ संक्रमित