![डा. विकास देवकोटा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/bikas-devkota.jpg?fit=868%2C450&ssl=1)
काठमाडौँ, जेठ २४ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३२३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार आज कोरोना संक्रमित हुनेहरुमा मोरङका ६ जना, सुनसरीका ५ जना, सप्तरीका ८ जना, नवलपरासीका ३ जना, बाँकेका १२ जना, बर्दियाका २८ जना, कास्कीका ३जना, स्याङ्जाका १० जना, बागलुङका १ जना, बझाङका ६ जना, कञ्चनपुरका २ जना, अछामका १ जना, कैलालीका २ जना, डडेलधुराका १ जना, दैलेखका ४७ जना, डोल्पाका १ जना रहेका छन् ।
साथै सुर्खेतका १० जना, जाजरकोटका ४ जना, सल्यानका ३८ जना, अर्खाखाँचीका १ जना, नवलपरासीका २ जना, रुपन्देहीका ३ जना, भक्तपुरका १ जना, धनुषाका ८ जना, कपिलवस्तुका ३९ जना, काठमाडौंका ४ जना, महोत्तरीका ३५ जना, रौटहटका ६ जना र सर्लाहीका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आज ३२३ कोरोना संक्रमितहरुमध्ये २८६ जना पुरुषहरु र ३७ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ३२३५ कोरोना संक्रमितहरुमध्ये ३००३ जना पुरुषहरु र ३२३ जना महिलाहरु रहेका छन् । नेपालमा ७० जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३६५ पुगेको छ ।
नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना र धनगढीका १ जना गरी १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।
यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो
नेपालमा ३६५ जनाले जिते कोरोना, थप ३२ जना घर फर्किए
नेपालमा संक्रमितको संख्या २९१२ पुग्यो, आज थपिए कोरोनाका नयाँ २७८ संक्रमित