जनकपुरधाम, जेठ २४ । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जना कोरोना भाइरस (कोभिड-१९) लाई जितेर १५ जना डिस्चार्ज भएका छन् । गत जेष्ठ ९ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका १४ जना पुरुषहरु र १ जना महिला कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका हुन् ।
धनुषा, महोत्तरी, सर्लाही र भारत बिहार मधवापुरका संक्रमित घर फर्केको प्रादेशिक अस्पताल जनकपुर स्रोतले जानकारी दिएको छ । आज डिस्चार्ज हुनेहरुमा ७ जना नेपालीहरु र ८ जना भारतीय नागरिकहरु रहेका छन् । डिस्चार्ज हुनेमा १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका रहेका छन् । डिस्चार्ज गरिएकाहरुमा कोरोना भाइरस सम्बन्धी कुनै पनि लक्षण नदेखिपछि दोस्रो र तेस्रो पटक स्वाब लिएर १४ दिनमा घर पठाइएको हो ।