८ मंसिर २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या १५६७ पुग्यो, आज थपिए कोरोनाका नयाँ १६६ संक्रमित


डा. विकास देवकोटा

१८ जेठ, काठमाडौं । नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १६६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । जसमध्ये १४५० जना पुरुषहरु र ११७ जना महिलाहरु छन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार आज संक्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जना गरी जम्मा १६६ जना रहेका छन् । जसमध्ये १६२ जना पुरुषहरु र ४ जना महिलाहरु छन् ।

मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोना भाइरसलाई २२० जनाले जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १ जना डिस्चार्ज भएका हुन् । नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना र बाजुराका १ जना गरी ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

नेपालमा २२० जनाले जिते कोरोना, थप १ जना घर फर्किए

नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो, आज थपिए कोरोनाका नयाँ १८९ संक्रमित

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !