१६ जेष्ठ २०८१, बुधबार

बारा जिल्लामा फेरि ४ जना प्रहरीमा कोरोना संक्रमण


प्रहरीमा कोरोना संक्रमण

११ जेठ, काठमाडौं । बारा जिल्लाको जिल्ला प्रहरी कार्यालय कार्यरत प्रहरी नायव निरीक्षकसहित ४ जनामा आज आइतबार एकैदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जस अनुसार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया-१६ घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय गरी ४ जना प्रहरी स‌ंक्रमित भएका हुन् ।

यसअघि उक्त प्रहरी कार्यालयमा कार्यरत १ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको कन्ट्याक ट्रेसिङको आधारमा उनीहरु सबैको जेठ ७ गते स्वाब परीक्षण गरिएको थियो । बालमन्दिर आइसोलेसनमा बस्दै आएका उनीहरुलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको छ । बारा जिल्लामा संक्रमित १६ मध्ये ५ जना जिल्ला प्रहरी कार्यालयमै कार्यरत प्रहरीहरुमा कोरोना संक्रमण देखिएपछि बारामा कोरोनको जोखिम बढेको छ । बारा जिल्लामा संक्रमित १६ मध्ये २ जना कोरोना जितेर घर फर्किसकेका छन् भने १४ जना उपचाररत छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । जसमध्ये ५२४ जना पुरुषहरु र ७९ जना महिलाहरु रहेका छन् । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ८७ पुगेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना गरी ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ४२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ भने आज आइतबार पहिलोपटक नुवाकोटमा संक्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !