१६ कार्तिक २०८१, शुक्रबार

धनकुटामा थपिए ५ नयाँ कोरोना संक्रमित


कोभिड-१९

जेठ ७, धनकुटा । धनकुटा जिल्लामा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५ जनामा कोरोना भाइरस पोजिटिभ पाइएको हो । प्रतिष्ठान स्रोतका अनुसार थप ५ संक्रमितमा १ जना महिला र ४ जना पुरुष रहेका छन् । नयाँ कोरोना संक्रमितहरुमा धनकुटा अस्पतालमा काम गर्ने ४ जना कर्मचारीहरु र १ जना सुरक्षाकर्मी रहेका छन् ।

यसअघि जिल्ला अस्पताल काम गर्ने १ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएर उनको सम्पर्कमा आएका अन्य अस्पतालका काम गर्ने स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु र सुरक्षाकर्मीहरुको कोरोना परीक्षण गर्दा थप ५ जनामा संक्रमण देखिएको छ । ३४ बर्षकी महिलासहित २८, २९, ३५ र ३७ बर्षीय पुरुषमा संक्रमण पाइएको हो ।

यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट औपचारिक पुष्टि भने हुन बाँकी छ । ३ दिन अघि धनकुटामा अस्पतालमा कार्यरत नर्सलाई संक्रमण पोजिटिभ पाइएपछि अस्पताल तथा उनीसंग सम्पर्कमा आएकाहरूको स्वाब संकलन गरि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको हो ।

धनकुटामा योसहित संक्रमितको संख्या ६ पुगेको छ । धनकुटा अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएकोले ३ दिन अघि नै उक्त अस्पताल सिल गरिसकिएको छ । प्रदेश १ मा यस अघि संक्रमितको संख्या ५४ रहेको अवस्थामा ५ संक्रमित थपिएपछि संक्रमित ५९ पुगेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !