१७ असार २०८१, सोमबार

३ जिल्लामा पहिलोपटक भेटिए कोरोना संक्रमित


कोरोना भाइरस

५ जेठ, काठमाडौं । नेपालका ३ जिल्लामा पहिलोपटक आज कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । प्रदेश नम्बर १ को खोटाङ र सुनसरी, कर्णाली प्रदेशको दैलेखमा संक्रमितहरु भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार खोटाङ हेलेसीका १ जना पुरुष, सुनसरीका १ जना पुरुष र दैलेख आठविस-१ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा ३४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

आज बिहान ९ जना, दिउसो ५३ जना गरी ६२ जना र राती १८ जनामा कोरोना संक्रमण पुष्टि भएर आज कोरोना संक्रमितको संख्या ८० जना पुगेको हो । आज सुनसरी, खोटाङ र दैलेखमा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको हो । आज सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज राती फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।  नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३६ पुगेको छ । गुल्मीका कोरोना संक्रमितको १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना गरी २ जनाको कोरोना भाइरसको संक्रमणवाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

भारतबाट नै आएका थिए कर्णालीका कोरोना संक्रमित

आज एकैदिन देशभर ८० जनामा देखियो कोरोना संक्रमण

कर्णाली प्रदेशमा पनि पहिलोपटक देखियो कोरोना संक्रमण

नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो, आज राती फेरि थपिए कोरोनाका नयाँ १८ संक्रमित

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !