१३ आश्विन २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या १९१ पुग्यो, आज थपिए कोरोनाका ५७ संक्रमित


कोरोना पोजेटिभ

२७ वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप ५७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले आज दिउसो अध्यावधिक गरेको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँको टेकुमा गरिएको परीक्षणमा थप ५७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सवै पुरुषहरु हुन् ।

संक्रमितहरुमा कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना र बारा जिल्लाका १ जना छन् । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार निजको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

यसअघि १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएर नेपालमा संक्रमितको संख्या १३४ पुगेको थियो । हालसम्म देशभर कोरोना निको हुनेको संख्या ३३ जना रहेकाे छ । आज फेरि कोरोनाका नयाँ ५७ संक्रमित थपिएर नेपालमा देशभर संक्रमितको संख्या १९१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोरोना संक्रमण प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १३४ पुग्यो, फेरि थपिए कोरोनाका १३ संक्रमित

नेपालमा संक्रमितको संख्या १२१ पुग्यो, आज फेरि सप्तरीमा थपिए कोरोनाका १ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !