६ जेष्ठ २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या १०१ पुग्यो, आज थपिए कोरोनाका २ संक्रमित


कोरोना पोजेटिभ

२५ वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप २ जना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु-८ का १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।

आज २ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको हो । जसमध्ये १९ जना कोरोना निको भई अस्पतालवाट डिस्चार्ज भएर घर फर्किएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ९९ पुग्यो, आज थपिए कोरोनाका १७ संक्रमित

नेपालमा संक्रमितको संख्या ८२ पुग्यो, आज फेरि नेपालगञ्जमा थपिए कोरोनाका ७ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !