४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ६९ पुग्यो, आज थपिए कोरोनाका १० संक्रमित


डा. विकास देवकोटा

२० वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप १० जना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा, विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

पर्सा जिल्ला वीरगञ्जका ३६ वर्षीय पुरुषमा र बाँके जिल्ला नेपालगन्जको प्रयोगशालमा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको बताएका हुन् । नेपालगन्जका संक्रमितको उमेर ७ देखि ५८ वर्ष रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

यसअघि नेपालमा संक्रमितको संख्या ५९  पुगेको थियो भने आज १० जना थपिएसंगै  ६९ जना पुगेको हो । नेपालमा अहिलेसम्म १६ जना उपचारपछि निको भएका छन् । सवै कोरोना संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५९ पुग्यो, रुपन्देही र बाँकेमा पनि भेटिए कोरोनाका २ संक्रमित

नेपालमा संक्रमितको संख्या ५७ पुग्यो, आज थपिए कोरोनाका ३ जना संक्रमित

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १६, आज ४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !