७ जेष्ठ २०८१, सोमबार

कैलालीका संक्रमित युवा निको भएर अस्पतालवाट भई डिस्चार्ज फर्किए घर


९ वैशाख, कैलाली । कैलालीको धनगढीस्थित सेती अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९)संक्रमित युवक निको भएर आज साँझ अस्पतालवाट डिस्चार्ज भएका छन् । सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ३४ वर्षीय युवक मंगलबार साँझ सञ्चो भएर अस्पतालबाट घर फर्किएका छन् ।

धनगढी उपमहानगरपालिका-५ घर भएका उनी ३० दिनअघि अस्पताल भर्ना भएका थिए। लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेको अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए। दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए। चैत १४ गते कोरोना पुष्टि भएको थियो।

कैलालीका युवा फर्किए घर

यसअघि ३ पटक परीक्षण गर्दासम्म पोजिटिभ देखिएको भएपनि चौथो पटकदेखि नेगेटिभ रिपोर्ट आएको हो । उनीसहित ५ जना संक्रमितको उपचार भइरहेको सेतीबाट आइतबार लम्कीका २१ वर्षीय युवक पनि निको भएर डिस्चार्ज भएका थिए । तीमध्ये आइतबार डिस्चार्ज भएका युवाकी भाउजुको भने उपचार भइरहेको छ ।

यसअघि सेती प्रादेशिक अस्पतालमा ५ जना संक्रमित बिरामीको उपचार भइरहेकोमा ७ गते १ जना युवा र आज १ जना युवा सञ्चो भएपनि अन्य ३ जना बाँकी छन् ।

यो पनि पढ्नुहोस्

उदयपुरका थप ८ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या पुग्यो ४०

दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती निको भएर फर्किइन् घर

बागलुङकी कोरोना संक्रमित वृद्धा आजै साँझ भइन् अस्पतालवाट डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ९, सुदूरपश्चिममा आज भेटिए ३ जना

नेपालमा कोरोना संक्रमित ४ जना निको भएर फर्किसके घर, २७ जना उपचाररत

कैलालीका संक्रमित युवा निको भएर अस्पतालवाट भए डिस्चार्ज, आज साँझ फर्किए घर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !