४ आश्विन २०८१, शुक्रबार

यस्ता छन् नोबेल कोरोना भाइरसका राम्रा पक्षहरु


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

विश्वमा आज नोबेल कोरोनाले धेरैको ज्यान लिइसकेको छ । कतिपय निको भएका खबर पनि हामी सुनिरहेका छौं । आजको लेखमा मैले यसका राम्रा पक्ष पनि भेटाएको छु । जब-जब हामी बाहिर निस्कन्छौं त्यतिबेला हामीले जिब्रोलाई स्वाद चखाउन भन्दै बाहिरका फास्ट फुड खाने गर्छौं तर अहिले यो रोकिएको छ ।

बाहिरी खाना खानाले मानिस प्राय: रोगी हुने सम्भावना बढी हुन्छ । घरभित्र बस्दा खानामा लापरबाही कम हुने हुनाले मानिसलाई रोग लाग्ने सम्भावना कम हुन थाल्छ । आज ग्यास्टिक अल्सर जस्ता अनगिन्ती पेटका रोग आफै निको भएका छन् । जहाँ लापरबाही हुन्छ त्यहाँ रोग लाग्ने सम्भावना कम हुन्छ ।

नोबेल कोरोना भाइरस रोग खास गरी फोहर खाना खाने सफाइमा नरहनेहरूलाई बढी लाग्ने गरेको रहस्य फेला परेको छ । जसले सफाइमा खानपानमा राम्रोसंग ध्यान दिने गरेको छ त्यस्ता व्यक्तिलाई रोग लाग्ने सम्भावना कम हुन्छ । प्रकृतिको नियम अनुसार हप्तामा १ पटक उपास बस्ने भनेको छ तर हामीले यसको नियम पालना गरेका हुदैनौं ।

अर्को रोचक कुरा विकसित राष्ट्रले विविध खोपमध्ये बिसिजी खोप नलगाएको तथ्य देखिएको छ । यो जस्ता अनेकौं रोगबाट यो खोपले बचाउने गर्दछ । आज नेपालमा नोबेल कोरोना भाइरस नफैलुनको महत्वपूर्ण पक्ष खोप पनि एक हो । माहामारीको रूपमा फैलने रोगले बर्षेनी दु:ख नदिएको होइन ।

रोग आउछ जान्छ तर भाइरस जस्ता रोगको उपचार एलोपैथिकमा नहुनाले आज ठूलो क्षति बेहोर्न परेको देखिन्छ । विकसित राष्ट्रको सानो लापरबाही भनेको यही हो । हरेक विषयमा प्रवेश गरेपनि यस्ता रोग लाग्ने कुरामा लापरबाही बढि देखिएकाले नोबेल कोरोनाको कहर अल्पविकसित राष्ट्रको तुलनामा विकसित राष्ट्रमा क्षति बढी देखिन पुगेको छ ।

अब हामीले जडिबुटी र एलोपैथिक औषधिसंगै चलाउनुपर्ने समय आएको छ । यसरी गरिने उपचारले मानिसलाई दोहोरो फाइदा लिन सकिने सम्भावना बढ्न सक्छ । आजको लेखमा रोगसंग लड्ने र रूघा, खोकी, दम, ज्वोरोको औषधि जडिबुटीबारे पनि प्रकाश पार्ने जमर्को गर्दैछु ।

यस्ता औषधि बनाएर सेवन गर्न सके ठूलो फाइदा हुनेछ

१. अशोगन्धा ल्याउनुस यो तयारी बनाएको पाउन सकिन्छ । यो क्याप्सुलको रूपमा र पाउडरको रूपमा पाइन्छ । १ क्याप्सुल या चमच दिनमा २ पटक दुधसंग खान दिनुस् ।

२. असुरोको पात ल्याउनुस र थोरै अदुवा राखेर पकाउनुहोस् । पाकेपछि सेलाएर सिसाको भाडामा छानेर राख्नुहोस् । आवश्यक परेको समयमा २,३ चमचमा मह १ चमच राखेर खान दिनुहोस् ठिक हुन्छ ।

३. ज्वरो आएको छ तर पारासिटामोलले निको हुन् सकेको छैन निमको छाल, पातलाई पानीमा पकाउनुहोस् र ३,४ सानो चमच दिनमा २ पटक खान दिनुहोस् ज्वरो निको हुन्छ ।

४. गुर्जोको लहरो ल्याउनुहोस् र थिचेर वैद्यकिय निरिक्षकमा यो औषधि खाएमा उपरोक्त सवै समस्या हल हुनेछ ।

यो पनि पढनुहोस्

कोरोना भाइरस र नेपालको स्थिति

कोरोना भाइरस संक्रमणबाट सुरक्षित को ?

नोवेल कोरोना भाइरसको महामारी र नेपालको अवस्था

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !