५ असार २०८१, बुधबार

कैलालीमा ६५ वर्षीया १ बृद्धामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १३


कोरोना पोजेटिभ

वैशाख १, धनगढी । चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा अहिले विश्व नै तरंगित भएको छ। भाइरसका कारण नेपालमा पनि निकै प्रभाव परेको छ । कोरोनाका कारण क्वारेन्टाइनमा बसेर घर फर्किएकी एक महिलामा कोरोनाको संक्रमण देखिएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका-१ लम्कीकी ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएसँगै नेपालमा संक्रमितको संख्या पुग्यो १३ पुगेको छ । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी थिइन् ।

उनीहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ बसेकाहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गरिएको थियो र रिपोर्ट नेगेभिट आएपछि सबैलाई २८ चैतमा घर पठाइएको थियो ।

संक्रमित देखिएकी महिला पनि भुरुवास्थित आफन्तकहाँ गएकी थिइन् । तर पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच पुगेको छ भने नेपालमा जम्मा १३ पुगेको छ । धनगढीका तीन र कञ्चनपुरका एक संक्रमितको पनि यही अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि संक्रमण देखिएका ९ जनामध्ये १ जना पहिलो संक्रमित उपचारपछि घर फर्किएका छन् भने ८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । दोस्रो संक्रमित काठमाडौंकी १९ वर्षीया युवती हुन् । तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्ति, छैटौ पनि बाग्लुङकी बृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यी सबै विदेश यात्राबाट हालै फर्किएका हुन् ।

त्यस्तै सातौ संक्रमित भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, आठौ भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र नवै कैलालीकी ३४ वर्षीय महिला हुन् । यी ३ नै जना सुदूरपश्चिमका हुन् । दशौ, एघारौ र बार्हौ ३ जना बर्ष ३७, ५५ र ४४ का भारतीय नागरिकहरु हुन् । उनीहरु मुस्लिम धर्मगुरु रहेको बुझिएको छ भने उनीहरुमध्ये २ जना उत्तर प्रदेशका र १ जना दिल्लीका भएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो १२

वीरगञ्जमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ९, सुदूरपश्चिममा आज भेटिए ३ जना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !