१४ बैशाख २०८१, शुक्रबार

एउटै विमान क्यू आर ६५२ बाट नेपाल आएका ३ जनामा कोरोना संक्रमण


कतार एयरवेज H

२० चैत, काठमाडौं । कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट चैत्र ४ गते (मार्च १७) नेपाल आएका ३ जना यात्रुहरुमा कोरोना संक्रमण पोजेटिभ भएको पुष्टि भएको छ । नेपालमा फेरि नयाँ १ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमित भेटिएसंगै कोरोना संक्रमितको हुनेको संख्या ६ जना पुगेको छ । बिहीबार संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

आज छैटौ कोरोना भाइरस संक्रमित चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा कतारको दोहा हुँदै काठमाडौ आएकी थिईन । उनी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पनि खुलेको छ ।

दोस्रो संक्रमित युवती पनि फ्रान्सबाट दोहा हुँदै उक्त कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो । दोस्रो संक्रमित काठमाडौंकी १९ वर्षीया युवती हुन् ।

पाँचौ संक्रमित बागलुङ जिल्लाकी २२ वर्षीया युवती चैत ४ गते अथवा मार्च १७ कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । उनी उनी बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै नेपाल आएकी थिइन् । उनी कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उत्रेकी थिईन ।

उक्त बिमानबाट नेपाल आएका ३ जनाहरु (दोस्रो संक्रमित, पाँचौ संक्रमित र छैटौ संक्रमित) मा कोरोना भाइरसको संक्रमण पोजेटिभ भएको पुष्टि भएको छ । नेपालमा हालसम्म एउटै विमानबाट आएका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । गत चैत्र ४ गते (मार्च १७) मा कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटमा नेपाल आउने ३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

यो पनि पढ्नुहोस्

को हुन् नेपालमा कोरोनावाट छैटौं संक्रमित युवती ?

को हुन् नेपालमा कोरोना भाइरसवाट पाँचौ संक्रमित युवती ?

नेपालमा फेरि भेटिए नयाँ कोरोनाको बिरामी, संक्रमितको संख्या पुग्यो ६


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !