१३ बैशाख २०८१, बिहिबार

भारतमा २१ दिन लामो पूर्ण लकडाउन घोषणा


नरेन्द्र मोदी

११ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ टेलिभिजन सम्बोधन गर्दै आजै राति १२ बजेदेखि लागू हुने गरी देशभर ३ साता (२१ दिने) लामो लकडाउन घोषणा गरेका छन् ।

सम्बोधन गर्दै उनले भनेका छन्, ‘म प्रधानमन्त्रीको रुपमा होइन, तपाईंका परिवारको सदस्यका रुपमा भनिरहेको छु । २१ दिनका लागि बिर्सिनुस् कि बाहिर निस्किँदा के हुन्छ ।

घरमै बस्नुस् र एकै काम गर्नुस् कि आफ्नो घरमै बस्नुस् ।’ सम्बोधनका क्रममा उनले एउटा ब्यानर देखाए, जसमा लेखिएको थियो ‘को–कोई रो–रोड पर ना–ना निकले’ अर्थात कोही पनि रोडमा ननिस्कनुस् ।’

स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको साइकल तोड्न कमसेकम २१ दिन महत्वपूर्ण हुने मोदीले बताए । स्वास्थ्य सम्बन्धी पूर्वाधार मजबुत बनाउन केन्द्र सरकारले आजै १५ हजार करोड रुपैयाँ छुट्याएको पनि उनले बताएका छन् ।

कोरोना विरुद्ध लड्न सामाजिक दूरी कायम राख्नुको विकल्प नरहेको उनले बताए । ‘कोरोनासँग लड्नका लागि सोसल डिस्टेन्सिङ जरुरी छ । हामीले संक्रमणको चक्रलाई तोड्नुपर्छ ।

कोरोनासँग तब मात्र बचिन्छ जब हामी घरको लक्ष्मण रेखा नाघ्दैनौँ,’ उनले भने ।‘यदी लापरवाही जारी रह्यो भने भारतले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ । त्यो मूल्य कति हुनेछ भन्ने कसैले अन्दाजा नै लगाउन सक्नेछैन,’ उनले भने ।

उनले यस अवधीमा हरेक राज्य, जिल्ला, गल्ली र गाउँ लकडाउन हुने बताए । सरकारले अत्यावश्यक सबै कुराको तयारी गरेको उनले बताए । उनले सबै जनतासामु सरकारले लागु गरेका नियम पालना गर्न अनुरोध गरे । यसअघि गत आइतबार पनि भारतमा लकडाउन भएको थियो ।ब्यानर

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !