काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८०५ जनामा पिसिआर परिक्षण गर्दा १४४ जना र १३२१ जनामा एन्टीजेन परिक्षण गर्दा ३३ जना गरी जम्मा ३१२६* नमुनाको परीक्षण गर्दा १७७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हिजो भन्दा आज देशभर कोरोना संक्रमण पनि बढेको छ । हिजो देशभर १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६७ हजार ७६५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ५७ लाख ७६ हजार ५९१ पिसिआर परीक्षण भएको छ भने १२ लाख ४३ हजार ७४२ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् । हाल देशभर ८७३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।